प्रयास आचार्यको अध्यक्षमा वडा स्तरीय युवा क्लब गठन

Marchuwar Sandesh 1+ समाचार ( )
२९ कार्तिक २०८०, बुधवार

मर्चवार न्युज

बुटवल २८ कार्तिक÷ रुपन्देही को बुटवल उप–महानगरपालिका को वडा न.१५ मा वडास्तरीय युवा क्लबको गठन भएको छ । शुक्रबार १६–२४ वर्ष उमेर समूहका युवाहरूको सहभागितामा वडा नंबर १५ को वडा कार्यालय मा बसेको बैठक ले प्रयास आचार्य को अध्यक्षतामा सर्वसम्मतिमा समिति गठन गरेको छ ।  

समितिको उपाध्यक्षमा सुजाता रानाभाट, सचिवमा मनीष घिमिरे, कोषाध्यक्षमा कृति भुषाल, सदस्यमा सागर आचार्य, सुजन पौडेल, आस्था रिजाल, अरूण कठरिया, बिशाल रिजाल, प्रेम आचार्य, रोशन पौडेल, मेनका खत्री, प्रकाश थारू, प्रमोशन खड्का र राजन भुषाल रहेका छन्।

नव गठित युवा क्लवले युवाको क्षेत्रमा विद्यमान सवालहरुको उठान गर्नु को साथै युवा नेतृत्व लिई समाज रूपान्तरणमा अग्रसर रहने अध्यक्ष आचार्य ले बताए।


प्रतिक्रिया

सम्बन्धित समाचार