विकासका लागि आवाज उठाउन नछोडौं : आशुतोष मिश्र

मर्चवार न्यूज 382+ समाचार ( )
३० फाल्गुन २०८२, शनिबार

मर्चवार । नेपाली काँग्रेसका नेता आशुतोष मिश्रले आफ्नो क्षेत्रको विकासका लागि निरन्तर आवाज उठाउन नागरिकहरूलाई आग्रह गर्नुभएको छ । उहाँले जनप्रतिनिधिहरूसँग विकासका विषयमा प्रश्न गर्न नागरिकहरूलाई प्रेरित गर्दै सांसद, मेयर तथा वडा अध्यक्षसँग आवश्यक प्रश्न गर्नुपर्ने बताउनुभयो ।

“प्रश्न गर्नु प्रत्येक नागरिकको अधिकार हो । तर प्रश्न सभ्य र मर्यादित तरिकाले सोधिनुपर्छ, अपमानजनक शैलीमा होइन,” उहाँले भन्नुभयो ।

पछिल्लो समय सामाजिक सञ्जालमा अनावश्यक आरोप–प्रत्यारोप र विवाद बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै मिश्रले यस्तो प्रवृत्ति समाजका लागि हानिकारक भएको बताउनुभयो । उहाँले सामाजिक सञ्जालको प्रयोग जिम्मेवार र सभ्य तरिकाले गर्नुपर्नेमा जोड दिनुभयो ।

“विभिन्न राजनीतिक दलका समर्थकहरूलाई पनि म विनम्र अनुरोध गर्न चाहन्छु । कतिपयले विषयको गहिराइ नबुझीकन उम्मेदवारप्रतिको भावनात्मक नजिकियताका कारण जे पायो त्यही पोस्ट गर्ने प्रवृत्ति देखिन्छ । यसले समाजमा द्वन्द्व बढाउन सक्छ र अन्ततः शारीरिक झडपसम्मको अवस्था सिर्जना हुन सक्छ,” उहाँले भन्नुभयो ।

त्यस्ता गतिविधिबाट टाढा रहन र सामाजिक सद्भाव कायम राख्न सबैलाई उहाँले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार