दिनेश प्रसाद लोध
लुम्बिनी, २४ बैशाख÷ रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका १२ आमा वनवाटिकामा लुम्बिनी सनातन संस्कृति विद्यापीठ गुरूकुलम् भवन निर्माणको लागि भूमि पूजन तथा शिलान्यास भएको छ । आइतबार एक कार्यक्रमका बिच रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले उक्त भवनको शिलन्यास गरेका हुन् ।
कार्यक्रममा बौल्दै प्रमुख अतिथि घिमिरेले कृषि क्षेत्रको लागि महत्वपुर्ण मानिने सिचाँईका विभिन्न नादी तथा खोल्साहरुमा ड्याम तथा तटबन्ध निर्माण गर्न काम गरिरहेको बताए । हरेक वर्ष मल बिउ बिजन ब्यवस्थापन गर्न सामना गर्नुपर्ने समस्यालाई अन्त गर्न नेपाल सरकारले नै पूर्ण रुपले ब्यवस्थापनको लागि पहल गरिरहेको बताए । रुपन्देहीमा बेलहिया पछिको कालिदह भन्सारलाई ठुलो भन्सार बनाउन पहल गरी लुम्बिनी क्षेत्रको पर्यटन विकासको लागि आफ्नो बिशेष प्राथमिकता रहेको बताए ।
भवन निर्माणको लागि लुम्बिनी प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री एवम् प्रदेश सभा सदस्य चन्द्रकेश सिके गुप्ताले २० लाख रकम विनियोजन गरी आफु मन्त्री हुदाँ शिक्षा क्षेत्रमा भवन निर्माण देखि युवाहरुको खेलखुदको विकास सँगै लुम्बिनी क्षेत्रबासीहरुको विभिन्न समस्या समाधानको लागि पहल गरिरहेको गुप्ताले बताए ।
यसै गरी क्षेत्र नम्बर ४ ‘क’ को लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनियाले आफु निर्बाचित भए देखि आफ्नो क्षेत्रमा बिकास निर्माण र सामाजिक कार्यमा योगदान गरेको र कृषि क्षेत्रलाई बिशेष प्राथामिकतामा रहेको जानकारी दिए ।
लुम्बिनी सांस्कृतिक नगरपालिकका नगर प्रमुख सजरूद्दीन मुसलमानले सबैले सरकारी पैसाको आशा नराखि चन्दा सहयोगबाट भवन निर्माण गर्नुपर्ने र नगरपालिकाबाट आगामी आर्थिक वर्षमा रकम बिनियोजन गरिदिने बताए ।
उप प्रमुख कल्पना हरिजनले लुम्बिनी साँस्कृतिक नगरपालिका भित्र एउटा मात्र सँस्कृत गुरुकुल विद्यापीठ भएकोले सबै तिरबाट सहयोग गर्नुपर्ने भएकोले त्यसमा आफुले पहल र सहयोय गर्ने बताईन ।
शिलन्यास कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष हरिकेश लोध, प्राचार्य शिवम पान्डेय, विद्यालय व्यवस्थाप समितिका अध्यक्ष दीपक लोध लगातयले आफ्ना मन्तब्य राखेका थिए ।