मर्चवारमा रक्तदान सहित निःशुल्क स्वास्थ्य सेवा

Marchuwar Sandesh 1+ समाचार ( )
२८ पौष २०८१, आइतबार

मर्चवार । कोटहीमाई गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सहित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोटहीमाई गाउँपालिका, नियमित रक्तदाता संघ, रोटरी ई–क्लब अफ मेडिकोफ्युजन हाईब्रिड नेपालको संयुक्त आयोजनामा शनीबार मझगावाँ स्वास्थ्य चौकी कोटहीमाई ५ मा उक्त शिविर सम्पन्न भएको हो ।

शिविरमा पाठेघरको मुखको क्यान्सरको चेकजाँच, जनरल फिजिशियनद्वारा चेकजाँच तथा महिला रोग बिशेषज्ञद्वारा चेकजाँच तथा उपचार सेवा दिएको उक्त शिविरमा १७० जना सेवा लिएको कोटहीमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामनिवास यादवले बताए । 

यसैगरी उक्त शिविरमा ११ जना रक्तदान समेत गरेका छन् । रक्तसंचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा कर्मचारी तथा स्थानीयहरुले रक्तदान गरेका स्वास्थ्य शाखा प्रमुख यादवले जानकारी दिएका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार