मर्चवार । रुपन्देही निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार आशुतोष मिश्रले जनलहरले आफ्नो जीत सुनिश्चित भइसकेको दाबी गर्नुभएको छ ।
घरदैलो अभियानका क्रममा मतदातामा देखिएको उत्साह, अपनत्व र व्यापक समर्थनले आफूलाई जीततर्फ अझ अग्रसर गराएको उहाँले बताउनुभयो । घरदैलोमा जाँदा अपेक्षा गरेभन्दा धेरै भीड र जनसमर्थन पाइएको भन्दै यसले आफ्नो ऊर्जा र आत्मविश्वास थप बढाएको मिश्रको भनाइ छ ।
उम्मेदवार मिश्रका अनुसार नेपाली कांग्रेस प्रतिको विश्वास र आफूप्रतिको चाहनाका कारण गाउँ–गाउँमा पुगेपछि मतदाताहरू दौडँदै भेट्न आइरहेका छन् ।
उहाँले भन्नुभयो, “नेपाली कांग्रेसले नयाँ नेतृत्व र नयाँ भिजनसहित अघि बढ्दा पार्टीको छवि र जनविश्वास अझ बलियो बनेको छ । यही कारणले अहिले नेपाली कांग्रेसले रुपन्देही मात्र होइन, देशभर पूर्ण समर्थन र व्यापक जनलहर प्राप्त गरेको छ ।”
Ashutosh Mishra ji bahut saral aur Sundar Sabha ka hai isiliye sampurn Janata machhar ke unki hit mein hain 🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲