मर्चवारका सामुदायिक विद्यालयहरूको एसईई नतिजा चिन्ताजनक, दुई विद्यालय शुन्य

हृदयराम गुप्ता 123+ समाचार ( )
२१ श्रावण २०८१, सोमबार

हृदयराम गुप्ता

मर्चवार/विद्यालयको शैक्षिकस्तर, परीक्षाको नतिजाबाट मापन गरिन्छ । एसईई परीक्षा २०८० को परिणामले मर्चवार क्षेत्रका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्थालाई देखाएको छ । परीक्षा परिणाम अनुसार मर्चवार क्षेत्रका १७ वटा सामुदायिक विद्यालयको शैक्षिक अवस्था निरासाजनक छ ।

एसईई परीक्षाका नतिजा र विद्यालयहरूको शैक्षिक स्तरको तुलनाले क्षेत्रीय शिक्षा व्यवस्थाको स्थिति उजागर गरेको स्थानीयबासीको भनाइ छ । कोटहीमाई १ का महेश्वर मुराव भन्छनः ‘विद्यालयमा पढाइभन्दा राजनीतीको असर बढी छ । ब्यवस्थापन समितीको चुनावमा रक्सी, मासु र पैसा बाटेर चुनाव जितेकाहरूबाट शैक्षिक गुणस्तर बृद्धिको आश गर्न सकिन्न । मर्चवारको सामुदायिक विद्यालय प्रति न त गाउँपालिका जिम्मेवार बन्न सकेको छ त शिक्षक ।’

मर्चवार क्षेत्रका विद्यालयहरूको एसईई नतिजा :

सम्मरीमाई गाउँपालिकाः

  •         कृषक आदर्श माध्यमिक विद्यालय बेतकुइयाँः १६८ सहभागी विद्यार्थीहरूमा ३७ जना उत्तीर्ण भएका छन्, उच्च जिपिए ३.१७
  •       मुडिला माध्यमिक विद्यालयः ९६ विद्यार्थीहरूमा ८ जना उत्तीर्ण भएका छन्, उच्च जिपिए ३.४९
  •       ज्ञान ज्योति माध्यमिक विद्यालय, थुम्हवाः ५६ विद्यार्थीहरूमा १ जना उत्तीर्ण भएका छन्, उच्च जिपिए २.९१
  •          जनता माध्यमिक विद्यालय, बिजगौरीः ६२ विद्यार्थीहरूमा ३ जना उत्तीर्ण भएका छन्, उच्च जिपिए २.८०
  •          असुरैना माध्यमिक विद्यालयः ४९ विद्यार्थीहरूमा ३ जना उत्तीर्ण भएका छन्, उच्च जिपिए २.९८

कोटहीमाई गाउँपालिकाः

  •          लालबिहारी माध्यमिक विद्यालयः २५ विद्यार्थीहरूमा कुनै पनि विद्यार्थी उत्तीर्ण हुन सकेन।
  •         जानकी माध्यमिक विद्यालयः ५२ विद्यार्थीहरूमा कुनै पनि विद्यार्थी उत्तीर्ण हुन सकेन।
  •         पब्लिक भिजन इंग्लिश बोर्डिङ स्कूलः ५३ विद्यार्थीहरूमा ३७ जना उत्तीर्ण भएका छन्, उच्च जिपिए ३.६
  •          शिवशक्ति इंग्लिश बोर्डिङ स्कूलः १० विद्यार्थीहरूमा ८ जना उत्तीर्ण भएका छन्, उच्च जिपिए ३.९
  •          मर्चवार आदर्श माध्यमिक विद्यालयः १ सय १७ विद्यार्थीहरुमा ५ जना उत्र्तीण भएका छन् उच्च जिपिए ३.०९
  •          मर्यादपुर माध्यमिक विद्यालय ः १ सय १ विद्यार्थीहरुमा २० जान उत्र्तीण भएका छन्, उच्च जिपिए ३.४
  •          बोगडी माध्यमिक विद्यालयः १ सय ९ विद्यार्थीहरुमा २१ जना उत्र्तीण भएका छन् , उच्च जिपिए ३.४
  •          श्रीराम माध्यमिक विद्यालय ः ५१ विद्यार्थीहरुमा ३ जना उत्र्तीण भएका छन् ।
  •          तुनिहवा माध्यमिक विद्यालय ः ४४ विद्यार्थीहरुमा १ जना उत्र्तीण भएका छन्, उच्च जिपिए २.६३

मर्चवारी गाउँपालिकाः

  •          जनता माध्यमिक विद्यालयः १६२ विद्यार्थीहरूमा २८ जना उत्तीर्ण भएका छन्, उच्च जिपिए ३.७९
  •          ठर्की माध्यमिक विद्यालयः १२४ विद्यार्थीहरूमा २१ जना उत्तीर्ण भएका छन्, उच्च जिपिए ३.७३
  •          श्रीमती मनराजीदेवी माध्यमिक विद्यालयः २०५ विद्यार्थीहरूमा ३० जना उत्तीर्ण भएका छन्, उच्च जिपिए ३.५९
  •          अमवा माध्यमिक विद्यालयः ९२ विद्यार्थीहरूमा २१ जना उत्तीर्ण भएका छन्, उच्च जिपिए ३.२३
  •          बगौली माध्यमिक विद्यालयः १०७ विद्यार्थीहरूमा २६ जना उत्तीर्ण भएका छन्, उच्च जिपिए ३.३५
  •          बागेश्वरी सेकेन्डरी बोर्डिङ्ग स्कूल ः ३२ विद्यार्थीहरुमा २२ जना उत्र्तीण भएका छन्, उच्च जिपिए ३.४०

मर्चवार क्षेत्रको शिक्षा प्रणालीमा एकदमै असमानता छ । केही विद्यालयमा उत्कृष्ट जिपिए र उत्तीर्ण दर सुधारात्मक छ भने, धेरै विद्यालयहरूमा विद्यार्थीको उत्तीर्ण दर अत्यन्तै कमजोर छ । कोटहीमाईको लालबिहारी र जानकी माध्यमिक विद्यालयको परिणाम शून्य देखिएको हुँदा त्यहाँको शैक्षिक अवस्थालाई असफल देखाएको छ, जगन्नाथ प्रसाद कुर्मीले भने, ‘शिक्षा क्षेत्रमा सुधारको लागि स्थानीय सरकार, शिक्षक, अभिभावक, र विद्यार्थी समेत मिलेर काम गर्न आवश्यक छ । शिक्षक दरबन्दीको समस्या समाधान गर्न र शैक्षिक वातावरणलाई सुधार्नका लागि प्रभावकारी कदम चाल्नुपर्ने छ । शिक्षा प्रणालीको दीर्घकालीन सुधारका लागि सबै सँगै कार्य गर्दा मात्र शैक्षिकस्तर सुधार गर्न सकिन्छ ।’

रुपन्देही जिल्लामा रहेका ३ सय ३९ विद्यालयबाट १८ हजार ४ सय ४८ विद्यार्थी परिक्षामा सहभागी भएकोमा ८ हजार ६ सय ५५ जना मात्र उत्तीर्ण भएको जिल्ला शिक्षा तथा समन्वय ईकाइ प्रमखु माधव बन्जाडेले जानकारी दिए । उनले दिएको जानकारी अनुसार ओमसतिया गाउँपालिकामा सामुदायिक विद्यालयबाट सहभागी २ सय २२ मध्ये १४ जना, कञ्चन गाउँपालिकाबाट ९ सय ७ मध्ये ४ सय ३५ जना, देवदह नगरपालिकाबाट १ हजार १ सय ९३ मध्ये ५ सय ७२ जना उत्तीर्ण भएका छन् । सैनामैना नगरपालिकाबाट सहभागी १ हजार ५ सय ७९ मध्ये ८ सय ४९ जना तथा तिलोत्तमा नगरपालिकाबाट सहभागी ३ हजार १९ विद्यार्थी मध्ये १ हजार ८ सय ३० विद्यार्थी मात्र उत्तीर्ण भएका छन् ।

त्यसैगरि बुटवल उप महानगरपालिकाबाट सहभागी ४ हजार १ सय ५ विद्यार्थी मध्ये २ हजार ७ सय ८२ विद्यार्थी उत्तीर्ण भएका छन् । सिद्धार्थनगर नगरपालिकाबाट १ हजार ५ सय ९७ मध्ये ७०८ जना, रोहिणी गाउँपालिबाट सहभागी ६ सय ५ विद्यार्थी मध्ये १ सय ३१ जना, गैडहवा गाउँपालिकााट ५ सय ५६ जना मध्ये १ सय ३१ जना उत्तीर्ण भएका छन् । मायादेवी गाउँपालिका ७ सय ६३ मध्ये २ सय ४ जना उत्तीर्ण भएका छन् । शुद्धोधन गाउँपालिकाबाट सहभागी ६ सय २१ जना मध्ये २ सय १३ जना, सियारी गाउँपालिकाबाट सहभागी ७ सय ७३ मध्ये ३ सय ८८ जना उत्तीर्ण भएका छन् भने लुम्बिनी साँस्कृतिक नगरपालिकाबाट सहभागी ९ सय ७ विद्यार्थी मध्ये १ सय २२ जना उत्तीर्ण भएका छन् ।

कोटहीमाई गाउँपालिका शिक्षा शाखा प्रमुख अमृता बुढाथोकीले, देशभरका एसईई नतिजा निराशाजनक रहेको बताइन् । उनले शिक्षा प्रणालीको कमजोर अवस्था, शिक्षक दरबन्दीको अभाव, र अभिभावकमा समेत जागरूकताको कमीलाई प्रमुख कारणको रूपमा उल्लेख गरिन् । उनले भनिन ‘मुख्यता दक्षिणी क्षेत्र मर्चवारका विद्यालयरूमा तह अनुसार शिक्षक दरबन्दी छैन । माध्यमिक तहमा दरबन्दी नहुँदा प्राथमिक तहका शिक्षकहरुद्वारा अध्यापन कार्य गराउन बाध्यताले पनि शैक्षिक अवस्था राम्रो हुन सकेको हो ।’ शिक्षक दरबन्दी केन्द्र तहको सरकारले सिर्जना गर्ने भएको हुँदा र स्थानीय सरकारसँग सिमित श्रोत साधनका कारण पनि पर्याप्त शिक्षक हुन नसकेको शिक्षा अधिकृत बुढाथोकीले बताइन् ।

प्रतिक्रिया

अजय कुमार सहानी २१ श्रावण २०८१, सोमबार

मा वि मा विषय अनुसार शिक्षक अनुसार नहुनू र कति छन काम चालाउ शिक्षक,राजनीति बढी प्रभावित छन विद्यालयहरु जो राम्रो गर्छ उसले मुद्दा बोकने चालन मर्चवारको छ

सम्बन्धित समाचार