काठमान्डौ महानगरपालिकाले काट्यो ज्ञानेन्द्र शाहलाई जरिमाना पत्र

मर्चवार न्यूज 382+ समाचार ( )
१५ चैत्र २०८१, शनिबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको छ । राजवादीले हिजो शुक्रबार गरेको काठमान्डौंको विभिन्न ठाउँमा भएको फोहोर तथा तोडफोड वापत आज महानगरपालिकाले जरीवाना पत्र काटेको हो ।

तीनकुने तथा कोटेश्मावरमा भएको प्रदर्शनलाई लिएर विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेखेर सो रकमको जरिवाना तोकेको हो ।

कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर १ लाख, महादेवस्थानको सडक तथा सडकपेटीमा जथाभावी फोहोर १ लाख, तीनकुनेको सडक तथा सडकपेटीमा जथाभावी फोहोर १ लाख, जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर १ लाख, बालकुमारीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर १ लाख, सिनामंगलको सडक तथा सडकपेटीमा जथाभावी फोहोर १ लाख, दमकल तोडफोड १ लाख ३० हजार र तीनकुनेमा रुख, बिरुवा, रेलिङ तोडफोड ६३ हजार जारिवाना तोको छ ।

महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा पत्र लेख्दै जरिवाना तोकेको छ  ।शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको क्रममा महानगरको दमकलसहित अन्य विभिन्न भौतिक संरचनामा क्षति पुगेको थियो ।

राजावादी समर्थकहरू उग्र बन्दा शुक्रबार दिनभर तीनकुने क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो भने सरकारी तथा नीजी सम्पत्तीमा क्षती पुगेको थियो । 


प्रतिक्रिया

सम्बन्धित समाचार