मर्चवार १५ माघ÷ रुपन्देहीको मर्चवारमा पानी परीक्षण कार्य सुरु भएको छ । विभिन्न रोग ब्याधीको विभिन्न कारण मध्येक पानी विशेष कारण रहेकोले मर्चवारीवासीहरु शुद्ध पानी मात्र खाउन भन्ने उद्देश्यले पानी परिक्षण सुरु गराइएको जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले बताए ।
खानापाने मन्त्रालयको अयोजनामा मर्चवारको मर्चवारी गाउँपालिका वडा नं. ६ र ७ बाट पानी परिक्षण शुभारम्भ गरिएको उनले बताए । खानपानी मन्त्रालयबाट खटी आएको घुम्ती पानी भ्यानले बगौली चोकबाट पानी परीक्षण सुरु गरिएको हो । केन्दीय सचिव यादवले भने ‘मर्चवारवासीहरुले आर्शेनिक रहित पानी पिउन पाउनु पर्दछ । मर्चवारवासीको स्वास्थ्य प्रति म निकै गम्भीर छु । यसका लागि सबैले सहयोग तथा सहकार्य गर्न जरुरी छ । यो पानी परिक्षणको लागि म पहल मात्र गरेको हो यसप्रति सबैले सहयोग गर्नुपर्दछ ।’
पानी परीक्षण गराई उक्त रिपोर्ट मन्त्रालयमा पठाएर सोही अनुसारको योजना निर्माण गरी मर्चवारवासीहरुका लागि शुद्ध खानेपानीको प्रबन्ध मिलाउने उनले बताए ।
पानी परिक्षण शुभरम्भ कार्यक्रमको अवसरमा जनमत पार्टीको केन्द्रीय कार्याकरिणी सदस्य रामकेश गुप्ता, केन्द्रीय सदस्य रामु यादव , निर्मला हरिजन , राम शुमेर ठाकुर , रुपचन यादव , राम सेवक खरबिन्द , राजु यादव , मुरली धर चौधरी , सुग्रीम यादव , अजय गुप्ता , रामशंकर यादव लगायतका नेता तथा स्थानीयहरुको उपस्थिति थियो ।