जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीद्वारा रात्रिकालीन चेकजाँचसँगै चालकलाई सचेतना 

Marchawarsandesh 1+ समाचार ( )
१७ अशोज २०८३, शनिबार

मर्चवार सन्देश/ भैरहवा 

रुपन्देहीमा रात्रिकालीन समयमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले रात्रिकालीन चेकजाँच तथा सचेतना कार्यक्रम गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले हुलाकी राजमार्गअन्तर्गत मायादेवी गाउँपालिका–७ स्थित लुम्बिनी–बेथरी सडकखण्डको बनगाई चोकमा बिहीबार राती चेकजाँच तथा सचेतना कार्यक्रम गरेको हो ।

कार्यालय प्रमुख (प्रहरी निरीक्षक) प्रतिमा कार्कीको कमाण्डमा सञ्चालन गरिएको कार्यक्रममा विशेष गरी दुईपांग्रे सवारीसाधनका चालकहरुलाई लक्षित गरी सडक सुरक्षा र ट्राफिक नियमसम्बन्धी सचेतना गराइएको थियो ।

प्रहरीले चालकहरूलाई हेल्मेटको सही प्रयोग गर्न, तीव्र गतिमा सवारी नचलाउन, ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक तथा लागूपदार्थ सेवन गरी सवारी नचलाउन र सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्न आग्रह गरेको थियो ।

रात्रिकालीन समयमा हुने दुर्घटनाको जोखिम कम गर्न चालक सचेत र जिम्मेवार बन्नुपर्नेमा प्रहरीले जोड दिएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार