काठमाडौं– सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबराको घरमा पनि छापा मारिरहेको छ ।
स्रोतका अनुसार जबराका केही नातेदारको घरमा पनि सम्पत्ति शुद्धीकरणको टोली पुगेको छ ।
आज दिउँसो राणानिकट मानिएका नारायण दाहाल,दिपक तिमल्सिना,नविन बस्नेतलगायतको घरमा पुगेको विभागको टोली राणाको घरमा पनि पुगेर प्रमाण संकलन गर्दैछ ।

जबराका भाइ प्रभुशमशेर जबराको घरमा पनि सम्पत्ति शुद्धीकरणको टोलीले छापा मारेको हो । जबराका निकटस्थ व्यक्तिका घरमा अहिले छापा मारेर महत्त्वपूर्ण कागजातहरू बरामद गरिएको छ ।
राणालाई सरकारले गत साता सुरक्षा थ्रेट भएको भन्दै घरबाट उठाएर प्रहरी हिरासतमा लगी मोबाइल खोसिएको थियो ।
केही दिनअघि मात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोलेन्द्रलाई उनकै घरबाट मध्यराति पक्राउ गरेर १२ घण्टासम्म नियन्त्रणमा लिएर छाडेको थियो ।