रुपन्देहीमा भैरहवा दशैं महोत्सव हुँदै

Marchawarsandesh 5+ समाचार ( )
२२ अशोज २०८३, बिहीबार

 मर्चवार सन्देश

लायन्स क्लब अफ भैरहवा लिगेसीको मुख्य आयोजनामा रुपन्देहीको भैरहवामा ‘भैरहवा दशैं महोत्सव–२०८३’ हुने भएको छ । सिद्धार्थनगर नगरपालिका–४ स्थित गल्लामण्डी रोड (सुगरमिल) मा असोज २५ देखि कार्तिक ६ गतेसम्म महोत्सव आयोजना हुने आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।

लायन्स क्लब अफ भैरहवा लिगेसीका अध्यक्ष नारायण प्रसाद कोइरालाले दशैंलाई अझै उत्साहपूर्ण, रमाइलो गर्ने उद्देश्यले पहिलोपटक ऐतिहासिक नगरी भैरहवामा दशैं महोत्सवको आयोजना गर्न लागिएको बताउनुभयो । अध्यक्ष कोइरालाका अनुसार विगतमा पनि क्लबले प्रथम साँस्कृतिक मेला (महोत्सव) सफलतापूर्वक सम्पन्न गरिसकेको छ । महोत्सवले यस क्षेत्रको आर्थिक चलायमानमा पनि मद्दत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । महोत्सवमा ५० भन्दा बढी स्टल रहने र महोत्सवको आयोजकमा जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट प्रा.लि., सह–आयोजकमा मायादेवी गाउँपालिका र सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालय, संरक्षकमा सिद्धार्थनगर नगरपालिका र व्यवस्थापकमा राधाकृष्ण एम्युजमेन्ट एण्ड म्यानेजमेन्ट प्रा.लि. रहेको छ उहाँले जानकारी दिनुभयो

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्यातीप्राप्त तथा स्थानीय र भोजपुरी जगतका कलाकारहरुको उपस्थिति रहने क्लबका निवर्तमान अध्यक्ष राजन शुक्लाले बताउनुभयो । महोत्सवमा प्रवेश शुल्कवापत १ सय र विद्यार्थीहरुलाई परिचयपत्रको आधारमा ८० रुपैयाँ तोकिएको उहाँले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा क्लबका संस्थापक अध्यक्ष रविकान्त उपाध्याय, लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीलगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार