मुख्य समाचार
सिद्धार्थ अल्मुनियम उद्योगमा चोरी | भैरहवामा अवैध लत्ताकपडा र गाडीसहित चालक पक्राउ | रुपन्देहीमा भैरहवा दशैं महोत्सव हुँदै | चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा | भैरहवा जयसवाल समाजका अध्यक्ष सौदागर जयसवालको नौतनवा महाराजगञ्जमा भव्य स्वागत | भैरहवामा असोज २४ र २५ गते ‘सिद्धार्थ सडक खाना महोत्सव’ हुँदै | जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीद्वारा रात्रिकालीन चेकजाँचसँगै चालकलाई सचेतना  | इप्रका मझगावाँद्वारा नागरिक सुनुवाइ सम्पन्न | रोटरी क्लबको स्वास्थ्य शिविर, विद्यार्थीलाई औषधि र परामर्श | ३६ वर्षपछि बालविकास विद्यालयले मनायो पहिलो वार्षिक उत्सव |

सिद्धार्थ अल्मुनियम उद्योगमा चोरी

Marchawarsandesh 7+ समाचार ( )
२७ अशोज २०८३, मङ्गलबार

मर्चवार सन्देश 

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित बीपी पथमा सञ्चालित सिद्धार्थ अल्मुनियम उद्योगमा चोरी भएको छ । सोमबार राति उद्योगको पछाडिपट्टीको च्यानलको ताला तोडेर विभिन्न मेसिन चोरी भएको उद्योगका सञ्चालक सोहन हरिजनले बताउनुभयो ।

सञ्चालक हरिजनका अनुसार करिब डेढ लाख रुपैयाँ बराबरको चोरी भएको छ । मंगलबार बिहान पौने १० बजे उद्योग खोल्ने क्रममा चोरी भएको थाहा भएको उहाँले जानकारी दिनुभयो । घटनाबारे प्रहरीलाई जानकारी गराइएको उहाँले बताउनुभयो ।

यसअघि सिद्धार्थनगर नगरपालिका–६ मा सञ्चालनमा रहेको उक्त उद्योग विगत ७ महिनादेखि बीपीपथमा सञ्चालन हुँदै आएको छ । उद्योगमा हाल ८ जना कर्मचारी कार्यरत छन् । मेसिन चोरी भएपछि उद्योगको नियमित कामकाजमा समस्या भएको सञ्चालक हरिजनले बताउनुभयो ।

सिद्धार्थ अल्मुनियम उद्योगमा अल्मुनियमका झ्याल, ढोका, पार्टिसन, किचन डेकोरेसन, रेलिङ तथा गेट निर्माणलगायत अल्मुनियम र ग्रिलसम्बन्धी विभिन्न काम हुँदै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार