मर्चवार सन्देश
भैरहवा/लायन्स क्लब अफ भैरहवा लिगेसीले लायन्स अन्तराष्ट्रियले दिएको विधा अन्तर्गत शान्ति चित्रकला प्रतियोगिता आज रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा नं. १० मा अवस्थित नमुना ईङ्गलीस बोर्डिङ्ग स्कूलमा सम्पन्न गरेको छ ।
यस लायन्स वर्ष २०२६÷०२७ मा चित्रकलाको लागि चयन भएको मानवतामा सद्भाव शिर्षकमा रहेर विद्यार्थीहरुले चित्र बनाएका थिए ।
कार्यक्रम क्लबका अध्यक्ष लायन नारायण प्रसाद कोइरालाको अध्यक्षता तथा लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ पी एरिया ५ का सचिव लायन अरुण पन्थीको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथिले लायन्सको विधा अन्तर्गत ११, १२ र १३ वर्ष उमेर समुहका विद्यार्थीहरुको सहभागि हुने यो प्रतियोगिता नेपालमात्र नभयर विश्वभरि लायन्सहरु भएको देशमा सञ्चालन भईरहेको र उत्कृष्ट हुने विद्यार्थीहरुलाई लायन्स हेडक्वाटरमा अभिभावक सहित पुरस्कार वितरण हुने र डिस्ट्रिक ३२५ पीले समेत पुरस्कारको व्यवस्था गरेको कुरा जानकारी दिँदै लिगेसी धेरै उत्कृष्ठ कार्यहरु गर्दै आएको र भर्खरमात्र पनि १८ दिनको दशैं महोत्सव सम्पन्न गरेको मा बधाई समेत दिनु भएको थियो । विद्यालयका प्राचार्य कमल कोइराला, लायन्स क्लब अफ बुटवल लोटसका अध्यक्ष लायन नारायणी काफ्ले तथा निर्णायकको रुपमा चित्रकार डोल बहादुर आलेको सहभागिता रहेको थियो । चित्रकला प्रतियोगितामा १७ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो भने कक्षा ७ कि छात्रा दिक्षा चौधरी प्रथम, कक्षा ७ कै जेसीका राना द्वितिय र कक्षा ६ कि रिया घर्ति मगर तृतिय भएका थिए । कार्यक्रममा प्रथम, द्वितिय, तृतिय, चौथौ र पाँचौ हुने विद्यार्थीहरुलाई सर्टिफिकेट सहित पुरस्कार दिईको थियो । कार्यक्रम क्लबका सदस्य लायन सुनिल पौडेलको संयोजनमा भएको थियो ।
